दफा १७
सुरक्षित सदस्य संस्थाको सदस्यता कायम नरहने
: (१) देहायका अवस्थामा सुरक्षित सदस्य संस्थाको सदस्यता कायम रहने छैन :-
(क) दामासाहीमा परेमा वा खारेज भएमा वा वित्तीय लिक्विडेशन भएमा,
(ख) कुनै एउटा सुरक्षित सदस्य संस्था अर्को कुनै सुरक्षित सदस्य संस्थासँग गाभिएमा ।
(२) उपदफा (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै एक सुरक्षित सदस्य संस्थाको नाम रहने गरी सुरक्षित सदस्य संस्थाहरु एक आपसमा गाभिएको अवस्थामा त्यस्तो सुरक्षित सदस्य संस्थाको सदस्यता कायमै रहनेछ ।
(३) उपदफा (१) बमोजिम सदस्यता कायम नरहेको अवस्थामा सोको सूचना कोषले राष्ट्रियस्तरको दैनिक पत्रिका र आफ्नो वेवसाइटमा प्रकाशन गर्नेछ ।